Skip to main content

जानिराखौँ के हो "चैतलो पर्व"?

हुम्लामा मनाइने स्थानीय पर्व "चैतलो"


हुम्लामा मनाइने स्थानीय पर्व चैतलो विशेषगरी सिमकोटमा मनाइने गरिन्छ। वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो चैतलो पर्व स्थानीय संस्कृति झल्कने पर्वका रूपमा लिने गरिएको छ। यो बिशेषतः महिलाको चाडका रुपमा लिइने भएपनि चैतलो पर्व मनाउन पुरुषले पनि महिलालाई सहयोग गर्ने गर्दछन्।
यो पर्वको छुट्टै विशेष धार्मिक महत्व रहेको छ जसमा स्थानीय महिला भेला भएर सार्वजनिक रुपमा पुजा गर्ने ठाउँमा मङ्गल गान गाउनाले वर्षभरि सुख शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आफूसँग भएका गरगहना र स्थानीय पहिरनमा सजिएका महिलाले गीतबाट देवीदेवताको आराधना गर्छन्। यसबाट गाउँमा बालीनाली सप्रने मात्र नभएर रोगव्याधी पनि नलाग्ने पौराणिक मान्यता रहेको छ। 
कला र मधुर स्वरका धनि महिलाको नेतृत्वमा गाउँ भरिका महिला बिहानैदेखि अनिवार्यरुपमा गित गाउन चोली र पहेंलो रङको बर्खेि तथा आफूसँग भएका गरगहनामा सजिने गर्छन्। ती महिलाहरु जेष्ठताका आधारमा गोलाकार लाइनमा बसेर गित गाउनाले यसको विशेष महत्व छ। बेलुकीपख धामीझाँक्री आएर पूजापाठ गरेर सिला हाल्ने गर्छन् र साथसाथै यस पर्वमा युवादेखि वृद्धसम्मले देउडा गाएर रातभरि जाग्राम बस्ने गर्छन्।
Collected and Edited by: Shraddha Shrestha
For further improvement you can suggest in the comment section below. Thank you!

Comments

Popular posts from this blog

Download  गर्न यो link क्लिक गर्नुस । https://drive.google.com/file/d/1pm9KEaJS3AtB_PEvCtfoGcuOWvQtxNbg/view?usp=drivesdk 2074-11-09 गोरखापत्रको ज्ञानसागर ।

Latest MCQ 2018 For All Competitive Exam in English

1)The moon is about to get its first mobile phone network in 2019. Vodafone Germany, Nokia and Audi was jointly working to support this project. They have decided to build which network there? 1. 2G 2. 3G 3. 4G 4. 5G Ans:- 4G ,On 27th February 2018,A launch has been scheduled in 2019 from Cape Canaveral on a SpaceX Falcon 9 rocket. 2)Huawei launched Huawei Balong 5G01, claimed to be world’s first 5G commercial chip. which will deliver broadband speed up to 2 Gbps on 5G network. It will also support 4G network. 3)Russia’s Olympic membership has been restored by the International Olympic Committee (IOC). It was banned in 2014. 4)Which city will host the 2020 Summer Olympics? 1. Bern 2. Beijing 3. Tokyo 4. Greece Ans: Tokyo 5)

जिल्ला अनुसार निर्वाचन क्षेत्र

# जिल्ला अनुसार निर्वाचन क्षेत्र * एउटा निर्वाचन क्षेत्र हुने जिल्लाहरु 35 वटा छन्, ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा,भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप , दोलखा,रसुवा ,लमजुङ,manag  , मुस्ताङ , म्याग्दी ,पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा,रुकुम (प्पूर्वि रुकुम ), रुकुम(पचिम) सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी,डडेल्धुरा, बैतडी र दार्चुला  *दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 21 वटा छन्,      इलाम, उदयपुर,सिन्धुली,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ,नवलपरासी (सुस्ता पूर्व),नवलपरासी( सुस्ता बर्दघाट पश्चिम ), पाल्पा,गुल्मी,बर्दिया,सुर्खेत,दैलेख र अछाम  * तीन वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 7 वटा छन्, ललितपुर ,चितवन ,कास्की,कपिलवस्तु, दाङ, बाँके कञ्चनपुर * वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 9 वटा रहेका छन्, सुनसरी र प्रदेश नम्बर 2 का 8 जिल्ला हरु (सिराहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,बार र पर्सा ) ...